कोरियामा अब ई–९ भिसा श्रमिकलाई कम्पनी परिवर्तनको अधिकार
सोल । दक्षिण कोरियामा कार्यरत लाखौँ विदेशी श्रमिकले अब राहत पाउने भएका छन् ।
कोरियाली सरकारले ई–९ भिसाअन्तर्गत काम गरिरहेका विदेशी श्रमिकको रोजगारी प्रणालीमा ऐतिहासिक सुधार गर्ने तयारी थालेको छ । प्रस्तावित सुधार कार्यान्वयनमा आएमा ई–९ भिसा धारक श्रमिकले एक वा दुई वर्ष काम गरेपछि स्वतन्त्र रूपमा रोजगारदाता परिवर्तन गर्न पाउनेछन् ।
श्रम तथा रोजगार मन्त्रालयले गठन गरेको विदेशी श्रमिक नीति सुधारसम्बन्धी कार्यदलमा भइरहेको छलफलअनुसार सरकारले हाल लागु रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) लाई थप श्रमिकमैत्री बनाउने दिशामा कदम अघि बढाएको हो । कार्यदलमा सहभागी अधिकारकर्मीहरूका अनुसार सरकार अहिले दुई वटा महत्त्वपूर्ण प्रस्तावमा गम्भीर रूपमा छलफल गरिरहेको छ, जसले विदेशी श्रमिकको श्रम अधिकारलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
हालको प्रणालीअनुसार ई–९ भिसा श्रमिकहरू प्रायः एउटै रोजगारदातासँग बाध्य भएर काम गर्नुपर्ने अवस्था छ । व्यवसाय बन्द हुनु वा गम्भीर श्रम कानुन उल्लंघन भएका अपवादात्मक अवस्थामा मात्र कार्यस्थल परिवर्तन गर्न पाइन्छ, यसले श्रमिकलाई कमजोर र असुरक्षित स्थितिमा राख्दै आएको भन्दै लामो समयदेखि प्रणाली सुधारको माग उठ्दै आएको थियो ।
कोरियामा अधिकांश ई–९ भिसा श्रमिक कृषि, मत्स्य, निर्माण तथा सेवा क्षेत्रमा कार्यरत छन् । यी क्षेत्रमा श्रम कठिन, कामको घण्टा लामो र पारिश्रमिक तुलनात्मक रूपमा कम हुने समस्या देखिँदै आएको छ । प्रस्तावित सुधारले श्रमिकलाई राम्रो कार्यस्थल रोज्ने अवसर प्रदान गर्ने, श्रम शोषण घटाउने तथा समग्र श्रम बजारलाई अझ स्वस्थ र सन्तुलित बनाउने विश्वास गरिएको छ ।
हाल दक्षिण कोरियामा ३ लाखभन्दा बढी ई–९ भिसा धारक विदेशी श्रमिक कार्यरत छन् ।
सरकारको यो कदम कार्यान्वयनमा आएमा विदेशी श्रमिकको मानव अधिकार, रोजगारीको स्वतन्त्रता र सम्मानजनक जीवन सुनिश्चित गर्ने दिशामा कोरिया एक कदम अगाडि हुनेछ । दक्षिण कोरियामा ईपीएसमार्फत आएका नेपालीको संख्या ७० हजार भन्दा बढी रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण