इरानको प्रदर्शनलाई विदेश मन्त्रीद्वारा 'आतंकवादी युद्ध' घोषणा, हालसम्म ५४४ को मृत्यु
सारांश
- इरानका विदेशमन्त्रीले विरोध प्रदर्शनलाई आतंकवादी युद्धको संज्ञा दिएका छन्।
- उनले प्रदर्शनकारीहरूले सरकारी भवन, प्रहरी चौकी र व्यापारिक स्थलमा आक्रमण गरेको आरोप लगाएका छन्।
- मानव अधिकार एजेन्सीका अनुसार हालसम्म ५४४ जनाको मृत्यु भएको छ भने १० हजार ६ सय ८१ जनालाई हिरासतमा लिइएको छ।
तेहरान । इरानमा जारी हिंसक विरोध प्रदर्शनबिच त्यहाँका परराष्ट्रमन्त्री अब्बास अराघचीले विद्यमान अवस्थालाई 'आतंकवादी युद्ध'को संज्ञा दिएका छन् ।
उनले सोमबार इरानमा अहिले जे भइरहेको छ, त्यो एउटा आतंकवादी युद्ध भएको बताएका हुन् । उनका अनुसार यस हिंसामा संलग्न आतंकवादी तत्त्वहरूले सरकारी भवनहरू, प्रहरी चौकीहरू र व्यापारिक स्थलहरूमा आक्रमण गरेका छन् । यी घटनाहरू योजनाबद्ध तरिकाले गरिएको उनको भनाइ छ । उनले इरानी अधिकारीहरूसँग यस्ता अडियो रेकर्डहरू रहेको पनि दाबी गरेका छन्, जसमा आतंकवादीहरूलाई सर्वसाधारण नागरिक र सुरक्षा बलमाथि गोली चलाउन आदेश दिइएको सुनिन्छ ।
यसअघि अराघचीले प्रदर्शनकारीहरूमाथि प्रहरीलाई मारेको र जिउँदै जलाएको आरोप लगाएका थिए । उनले यसलाई इजरायली गुप्तचर एजेन्सी मोसादको षड्यन्त्र भएको बताउँदै आक्रमणको भिडियो पनि सेयर गरेका थिए ।
इरानको मानवअधिकार कार्यकर्ता समाचार एजेन्सी (HRANA) अनुसार हिंसामा हालसम्म ५४४ जनाको मृत्यु भइसकेको छ, यसमा ८ बालबालिका पनि समावेश छन् । यसैगरी १० हजार ६ सय ८१ जनालाई हिरासतमा लिइएको छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारले प्रदर्शनहरू रोक्न 'रेड लाइन' पार गरिरहेको बताएका छन् । उनले अमेरिकाले 'कडा विकल्पहरू' माथि विचार गरिरहेको पनि उल्लेख गरेका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानमा प्रदर्शनकारीहरूसँग जे भइरहेको छ, त्यसमा अमेरिकाको नजर रहेको बताए । इरानले 'रेड लाइन' पार गरिसकेको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, 'यस्तो लाग्छ कि उनीहरूले त्यसो गर्न थालेका छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण