जनमतका २० जनाले लिए समानुपातिक सूचीबाट नाम फिर्ता, रकम मागेको आरोप
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट खसआर्य क्लस्टरका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरूले पार्टी उपाध्यक्ष बसन्त कुशवाहाले रकम लेनदेन गरेर समानुपातिक सूचीमा मान्छेको नाम राखेको आरोप लगाएका छन् ।
जनमत पार्टीले खस आर्य क्लस्टरमा ३३ जनालाई उम्मेदवार बनाएको थियो । उम्मेदवारी फिर्ता लिएकी लक्ष्मी खड्काले भनिन्, ‘पार्टीका उपाध्यक्ष बसन्त कुशवाहाले खसआर्य उम्मेदवारहरु खोजेर ल्याउनुस्, तपाईंको नाम एक नम्बरमै राखौंला भन्नुभयो । मैले मान्छेहरु खोजेर दिएँ तर पछि उहाँले मसँग दुई करोड रुपियाँ माग्नुभयो र भन्नुभयो- पार्टीका लागि दुई करोड रुपियाँ दिएपछि मात्र समानुपातिक सूचीको एक नम्बरमा राख्छौं ।’
आफू एक पैसा पनि दिने हैसियतमा नरहेको जवाफ दिएपछि आफ्नो नाम तीन नम्बरमा र पार्टीमा कहिल्यै नामै नसुनिएका नाम एक नम्बर र दुई नम्बरमा राखेको खड्काको आरोप छ । कुशवाहाले उनीहरुसँग तीन/तीन करोड रुपैयाँ लिएर समानुपातिक सूचीको एक नम्बरमा नाम राखेको उनले आरोप लगाइन् ।
आफूहरु समानुपातिक सांसद नै नबन्ने भएपछि त्यहाँ उम्मेदवार किन बनिराख्नस भनेर नै आफूहरुले उम्मेदवारी फिर्ता लिएको उनले बताइन् । ‘खासमा पार्टीले रकमको लेनदेन गरेर समानुपातिकमा नाम राखेको कारण चित्त दुखेर फिर्ता लिएका हौं,’ उनले जिकिर गरिन् ।
समानुपातिक उम्मेदवारी फिर्ता लिनेमा लक्ष्मी खड्का, नीरा निरौला, सुशीला पाण्डे, प्रकाश बस्नेत, सुमित्रा खतिवडा, लक्ष्मी बराल, आशिष पोखरेल, श्रीकृष्ण भट्टराई, सुमनराज काफ्ले, प्रकाश श्रेष्ठ, चेतबहादुर कार्की, पूजा मर्दनियाँ, खड्गबहादुर तामाङ, प्रमिला श्रेष्ठ तिवारी, दिनेश पाण्डे, साधनाकुमारी पराजुली, प्रतीक्षा पौडेल थापा, सञ्जीवकुमार खड्का र तेजप्रसाद आचार्य छन् । खसआर्य महिला क्लस्टरको एक नम्बरमा रुपन्देहीकी इन्द्रा कुँवर र दुई नम्बरमा दाङकी डिलाकुमारी आचार्य छन् ।
यसअघिको प्रतिनिधिसभामा पनि जनमत पार्टीले रकम लिएर समानुपातिक सांसद बनाएको आरोप लागेको थियो । सोनु मुर्मुर र विनिताकुमारी सिंहलाई कारवाही गरेपछि त्यो कुरा बाहिर आएको थियो । सोनु मुर्मुरले ‘आफूसँग रकम लिएर समानुपातिक सांसद बनाएको अनि सांसदबाट किन हट्ने’ भनेर जवाफ दिएकी थिइन् । जनमत पार्टीले पटक-पटक प्रयास गर्दा पनि उनलाई सांसद पदबाट हटाउन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण