आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

इरानमा सरकारविरुद्ध प्रदर्शनः रेफ्रीसहित २३ वर्षीय विद्यार्थी मारिइन्

सोमबार, २८ पुस २०८२, १९ : ४५
सोमबार, २८ पुस २०८२

सारांश

  • इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा एक रेफ्री र एक विद्यार्थीसहित ५ सय ४४ जनाभन्दा बढी मारिएका छन्।
  • फुटबल प्रशिक्षक अमिर मोहम्मद कुहकानलाई नेयरिज सहरमा प्रदर्शनका क्रममा गोली लागेको थियो।
  • विद्यार्थी रुबिना अमिनियनलाई तेहरानमा प्रदर्शनका क्रममा पछाडिबाट गोली हानियो।

तेहरान । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा एक रेफ्री र एक विद्यार्थीसहित ५ सय ४४ जनाभन्दा बढी मारिएका छन् । 

फुटबल प्रशिक्षक तथा रेफ्री अमिर मोहम्मद कुहकान (२६) लाई जनवरी ३ मा नेयरिज सहरमा भएको प्रदर्शनका क्रममा प्रत्यक्ष गोली लागेको उनका साथीले बताएका बीबीसी पर्सियनले लेखेको छ । उनका साथीले भने, 'सबैले उनलाई उनको दयालुपनका लागि चिन्थे । 

कुहकान दक्षिण(पश्चिमी फार्स प्रान्तको नेयरिजमा मारिएका उनका साथीले बताएका हुन् । साथीले घटना प्रत्यक्ष नदेखे पनि घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूबाट सुनेको बताएका हुन् ।

पाँच दिनपछि विद्यार्थी रुबिना अमिनियन (२३) लाई तेहरानमा भएको प्रदर्शनका क्रममा पछाडिबाट गोली हानिएको मानवअधिकार समूहहरूले जनाएका छन् । 'उनले सही कुराका लागि लडिन्,' उनका काकाले सीएनएनलाई बताए । तीन मानवअधिकार समूहका अनुसार बिहीबार एउटा प्रदर्शनमा भाग लिँदै गर्दा अमिनियनलाई पछाडिबाट गोली हानिएको थियो । 

नर्वेस्थित इरान मानवअधिकार (IHRNGO) र कुर्दिश संगठन हेङ्ग (Hengaw) ले उनलाई टाउकोमा गोली लागेको बताएका छन्, जबकि कुर्दिश मानवअधिकार नेटवर्कले उनलाई पछाडिमा गोली लागेको बताएको छ । दुवै कुर्दिश समूहले उनलाई सरकारी सेनाले गोली हानेको बताएका छन् । बीबीसीले उनको मृत्युको परिस्थिति स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । 

२३ वर्षीया विद्यार्थी, जसको पहिलो नाम रोबिना वा 'रौबिना' पनि लेखिएको छ, उनले तेहरानको शरियाती टेक्निकल र भोकेशनल कलेजमा कपडा र फेसनको अध्ययन गरिरहेकी थिइन्, IHRNGO ले भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप