बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बेलायतले पनि मस्कको एआई च्याटबोट ग्रोकमाथि छानबिन गर्दै

मङ्गलबार, २९ पुस २०८२, १० : ४६
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • एलन मस्कको एआई च्याटबोट ग्रोकले बेलायतमा डिपफेक यौनजन्य तस्बिर बनाएको आरोप लागेको छ।
  • बेलायतको सञ्चार नियामक अफ्कमले ग्रोकको प्रयोगबारे एक्समाथि औपचारिक छानबिन सुरु गरेको छ।
  • अफ्कमले ग्रोकले अन्तरङ्ग तस्बिरको दुरुपयोग र प्रोनोग्राफी बढाउन सक्ने बताएको छ।

लन्डन । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको एआई कम्पनी एक्सएआइएको च्याटबोट ग्रोकले एक पछि अर्को देशमा चुनौतीको सामना गरिरहेको छ । हालै मलेसिया र इन्डोनेसियाले ग्रोकमाथि प्रतिबन्ध लगाएका थिए । 

यसैबिच बेलायतको सञ्चार नियामक अफ्कमले डिपफेक यौनजन्य तस्वीर बनाउन ग्रोकको प्रयोग भएको मामिलामा मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्समाथि औपचारिक छानबिन शुरु गरेको छ ।

अफ्कमले एउटा विज्ञप्तिमा सोमबार डिपफेक नग्न तस्वीर बनाउन ग्रोकको प्रयोगलाई अति नै चिन्ताजनक भनेको छ । यसले अन्तरङ्ग तस्बिरको दुरुपयोग र प्रोनोग्राफीलाई बढाउन सक्ने बताइएको छ । बालबालिकाको यौनजन्य तस्बिरलाई बाल यौन दूरव्यवहारका सामाग्री मानिने पनि अफ्कमले भनेको छ । अफ्कमसँग ग्रोकमाथि प्रतिबन्ध लगाउने अधिकार छ ।

बेलायती प्रधानमन्त्री किर स्टार्मरले बिहिबार ग्रोकले बनाएका तस्वीरहरू घिनलाग्दो र गैरकानूनी भएको बताएपछि यसमाथि कारबाही गर्नु पर्ने दबाबमा अफ्कम छ । ग्रोक मामिलामा एक्स आफ्नो कानुनी जिम्मेवारी निर्वाह गर्न चुकेको हो कि भनेर छानबिनमार्फत निर्धारण गरिने अफ्कमले भनेको छ । अफ्कमले यस अघि नै एक्सलाई बेलायतमा बेलायती प्रयोकर्ताको सुरक्षाका लागि उसले चानेका कदमहरूबारे विस्तृतमा बताइदिन भनेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप