अपडेट
सुनको मूल्य फेरि बढ्यो, अब तोलाकै २ लाख साढे ७६ हजार
मङ्गलबार, २९ पुस २०८२, १० : ५९
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च २ लाख ७६ हजार रुपैयाँ प्रति तोला पुगेको छ।
- सोमबार सुन प्रति तोला २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएकोमा मंगलबार थप बढेको हो।
- चाँदीको मूल्य पनि बढेर प्रति तोला ५ हजार ३४० रुपैयाँ पुगेको छ, जसले नयाँ रेकर्ड बनाएको छ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेको छ । सुनको मूल्य तोलामै २ लाख ७६ हजार रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । सो मूल्य पनि सोमबारसम्मकै रेकर्ड मूल्य भएकामा मंगलबार थप बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ पुग्दा छापावाल सुन अब १० ग्रामकै २ लाख ३७ हजार ५५ रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार चाँदी तोलामा ५ हजार ३४० रुपैयाँ पुगेको हो। यसअघि सोमबार चाँदी ५ हजार १९५ रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण