सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

'कांग्रेस ठुलाे घर हो, घरपरिवारमा कहिले खटपट हुन सक्छ, यसमा अरु धेरै उत्साहित नहुँदा हुन्छ'

मङ्गलबार, २९ पुस २०८२, ११ : ३५
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीभित्रको खटपटलाई सामान्य भनेका छन्।
  • उनले कांग्रेसलाई ठूलो घरको रूपमा व्याख्या गर्दै पार्टीभित्रको विवादलाई स्वभाविक मानेका छन्।
  • पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर दुई धार देखा परेका छन्।

सुर्खेत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीभित्र हाल देखिएको खटपट सामान्य भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले कांग्रेसलाई एक ठूलो घरको रूपमा व्याख्या गरेका छन् ।  पार्टीभित्रको विवादलाई सामान्य मान्नुपर्ने उल्लेख गर्दै उनले भने, 'पार्टी ठूलो घर हो। घरपरिवारमा कहिले खटपट हुन सक्छ, यसमा अरु धेरै उत्साहित नहुँदा हुन्छ।'

अहिले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर दुई धार देखिएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौँमा विशेष महाधिवेशन चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप