नेपालमा शंकास्पद कारोबार बढ्यो, एक वर्षमा ९ हजार भन्दा बढी शंकास्पद कारोबार
सारांश
- नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको जनाएको छ।
- शंकास्पद कारोबार अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ।
- वित्तीय अपराध नियन्त्रणका लागि थप अनुसन्धान र कारबाहीका लागि प्रतिवेदन पठाइएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको औँल्याएको छ । बैंकको वित्तीय जानकारी इकाइले एक वर्षको अवधिमा ९ हजार ५६५ वटा शंकास्पद कारोबार भएको प्रतिवेदन प्राप्त भएको विज्ञप्तमार्फत जनाएको छ ।
जुन आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी भएको बैंकको भनाइ छ ।
यसैगरी आर्थिक वर्ष २०८१ / ८२ मा गोएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलन उल्लेख्य रूपमा वृद्धि भएको छ । आ.व. २०८०/८१ मा गोएमएलमा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या १,६३८ रहेकोमा २०८१/८२ मा ३,४८७ पुगेको बैंकले जनाएको छ ।
इकाईले प्राप्त गरेका प्रतिवेदनहरूमध्ये विस्तृत विश्लेषणपछि ८ सय ५५ वटा वित्तीय जानकारी प्रतिवेदन थप अनुसन्धान र कारबाहीका लागि पठाएको छ । नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा पठाएको राष्ट्र बैंकले जनाएको छ ।
यी निकायहरूमा पठाइएका प्रतिवेदनहरूले सम्पत्ति शुद्धीकरण, कर छली र भ्रष्टाचार जस्ता वित्तीय अपराधको पहिचान र अभियोजनमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाल हाल एपीजीको 'ग्रे-लिस्ट'मा रहेका कारण पनि वित्तीय निगरानीलाई तीव्र बनाइएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा इकाईले विदेशी वित्तीय जानकारी इकाईहरूसँग ६४ वटा सूचना आदानप्रदान गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण