जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेल्यो : गच्छदार
काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेलिएको बताएका छन् ।
मंगलबार केन्द्रिय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गच्छदारले आफू विशेष महाधिवेशनको विरोधी नभएपनि सबैको सहमतिमा विशेष महाधिवेशन आयोजना हुनुपर्ने पक्षमा रहेको बताएका हुन् ।
उनले अहिले पार्टी क्रिटिकल अवस्थामा पुगेको भन्दै संवाद गरेर विभाजन रोकिनुपर्नेमा जोड दिए । उनले भने, ‘विशेष अधिवेशनको म विरोधी पनि होइन । पुसमा विशेष महधिवेशन हुनुपर्छ भनेर मैले मंसिर २६ गतेको बैठकमा मैले आफ्नो धारणा राखेको थिएँ । विशेष महाधिवेशन पार्टीलाई मिलाएर गर्दा राम्रने हुन्थ्यो । तर त्यस्तो भएन । यो विशेष महाधिवेशनले पार्टीलाई संकटमा पुर्याउनु हुदैन । विभाजनमा पुर्याउनु हुँदैन, रोकिनुपर्छ ।’
केन्द्रीय समिति बस्ने तयारी भइरहँदा विशेष महाधिवेशनले सोमवार पारित गरेको कार्यविधिअनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम शुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण