सिन्धुलीको एसबीआई बैंकबाट नगद लुटेको आरोपमा ४ जना पक्राउ
बुधबार, ३० पुस २०८२, १० : १७
सारांश
- सिन्धुलीको एसबिआई बैंक शाखामा लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले लुटपाटमा प्रयोग भएको बोलेरो गाडी समेत बरामद गरेको छ।
- बैंकबाट ३ करोड १० लाख रुपैयाँ लुटिएको र सुरक्षा गार्डमाथि आक्रमण भएको थियो।
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ मा सञ्चालित एसबिआई बैंकको शाखामा लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घ्याङलेख गाउँपालिकाको १ नम्बर वडाबाट चार जनालाई पक्राउ गरिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए ।
लुटपाटमा प्रयोग भएको बोलेरो गाडी पनि प्रहरीले बरामद गरेको छ । बैंकको शाखा कार्यालयबाट ३ करोड १० लाख लुटपाट भएको छ । मंगलबार साँझ लुटेराहरूले बैंकका सुरक्षा गार्डलाई आक्रमण गरेर नगद लुटेर भागेका हुन् । पक्राउ पर्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण