बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रविको मुद्दा फिर्ता लिने सरकारको तयारी चिन्ताजनक : महेश बस्नेत

बुधबार, ३० पुस २०८२, ११ : ५२
बुधबार, ३० पुस २०८२

सारांश

  • एमाले सचिव महेश बस्नेतले रवि लामिछानेमाथि लागेको मुद्दा सरकारले फिर्ता लिने तयारी गरेको आरोप लगाए।
  • बस्नेतले सहकारी ठगीको मुद्दा कायमै राखेर सांसद पद जोगाउने र निलम्बन हुने मुद्दा हटाउने प्रयास भइरहेको बताए।
  • उनले सरकार विदेशी दबाबमा परेर अपराध लुकाउने षड्यन्त्र गरिरहेको र यसले लोकतन्त्रलाई खतरा पुर्‍याएको आरोप लगाए।

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा सरकारले गोप्य रूपमा फिर्ता गर्ने गृहकार्य अघि बढाएको दाबी गरेका छन्। उनले यो खबर अत्यन्तै गम्भीर र चिन्ताजनक रहेको बताएका हुन्।

बस्नेतले सामाजिक सञ्जालमा धारणा राख्दै सहकारी ठगीको अभियोग कायमै राखेर सांसद पद जोगिने तर सांसद स्वतः निलम्बन हुने मुद्दा मात्रै हटाउने प्रयास भइरहेको उल्लेख गरेका छन्। उनले विदेशी दबाब र प्रभावमा बनेको वर्तमान सरकारको नियतमाथि यसले गम्भीर प्रश्न उठाएको आरोप लगाएका छन्।

यो प्रक्रिया न्याय नभई अपराध लुकाउने षड्यन्त्र भएको उनको भनाइ छ। अपराध स्वीकारेको अवस्था देखिएका रवि लामिछाने र उनको पार्टीका संरक्षक सुशीला कार्कीसमेतको संरक्षणमा सरकार स्वयं ढाल बनेको बस्नेतले स्पष्ट पारेका छन्।

सरकारको यस्तो चलखेल लोकतन्त्र, विधिको शासन र न्याय प्रणालीका लागि अत्यन्तै खतरनाक रहेको बस्नेतको ठहर छ। उनले अब जनदबाब र स्वतन्त्र न्यायालयको दृढ तथा निष्पक्ष भूमिका अपरिहार्य भइसकेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप