भारतमा ‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
काठमाडौँ । डेलिभरी कामदारको सुरक्षामा चिन्ता व्यक्त गर्दै भारत सरकारले सबै क्विक–कमर्स प्लेटफर्मलाई ‘१० मिनेटभित्र डेलिभरी’ दिने वाचा हटाउन निर्देशन दिएको छ ।
सङ्घीय श्रम मन्त्रालय र कम्पनीका प्रतिनिधिहरूबिचको छलफलपछि यस्तो निर्णय गरिएको हो । यस्तो सेवा दिएर कम्पनीहरूले कामदारको काम गर्ने वातावरण खतरनाक बनाएको भन्दै देशभरमा विरोध प्रदर्शन भएको थियो ।
छिटो डेलिभरीको प्रलोभन देखाएर गिग कामदारमाथि अत्यधिक दबाब र जोखिम बढाएको आरोप जोमाटो, ब्लिन्किट र जेप्टोजस्ता एप्सले खेप्दै आएका थिए ।
गत महिना डेलिभरी कामदारहरूले सुरक्षित कार्यस्थल र उचित पारिश्रमिकको माग गर्दै देशव्यापी हड्ताल गरेका थिए । सबै कम्पनीहरूले यसलाई पूरै पालना गर्छन् कि गर्दैनन् भन्ने स्पष्ट भइसकेको छैन । सरकारले कठोर समयसीमाको प्रचार नगर्न आग्रह गरेपछि ब्लिङ्किट लगायत केही कम्पनीले आफ्नो ब्रान्डिङबाट ‘१० मिनेट’ शब्द हटाइसकेका छन् ।
आगामी दिनमा अन्य एपले पनि यसलाई अपनाउने अपेक्षा गरिएको छ । तर मंगलबार भारतका कयौँ स्थानमा एपमा अनुमानित डेलिभरी समय १० मिनेटभन्दा कम नै आएको थियो ।
धेरैले डार्क स्टोर वा आवासीय क्षेत्र नजिकै सेवा सञ्चालन गर्ने भएकोले पनि डेलिभरीको समय कम देखिएको हुन सक्ने ठानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण