जब दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीले ड्रम डुएट गरे
काठमाडौं । जापानकी प्रधानमन्त्री सानाए ताकाइची र दक्षिण कोरियाका राष्ट्रपति ली जेए मेयुङबिचको ड्रम डुएट इन्टरनेटमा भाइरल बन्यो । यो आफैंमा अभूतपूर्व दृश्य हो ।
भिडियोमा ली र ताकाइची दुवैले ‘म्याचिङ’ निलो ज्याकेट लगाएका छन् । दुवैले बीटीएसको डाइनामाइट र दुई गोल्डेन ग्लोब अवार्ड हात पारेको के–पप डेमन हन्टर्सको गीतको बिट्समा ड्रम्प बजाएका थिए ।
ताकाइची कुनै समय हेभी मेटल ब्याडकी ड्रमर थिइन् । यो डुएटसँगै लीको औपचारिक जापान भ्रमण सकिएको थियो । अप्रिय इतिहास भएको तर सुरक्षा साँठगाठ समेत जापान लगायत क्षेत्रीय शक्तिहरूप्रति यो लीको कूटनीतिक पहलको एक हिस्सा हो ।
मंगलबारको ड्रमिङ सेसनको भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । भिडियो हेरेर धेरैले लीलाई ‘अलिक अनाडी’ भनेका छन् । ताकाचीको गृहनगर नाराको भ्रमणको क्रममा लीले जापानी प्रधानमन्त्रीलाई ड्रम सेट उपहार दिएका थिए ।
डुएटपछि दुवै नेताले आ–आफ्नो हस्ताक्षर भएको ड्रमस्टिकहरू साटेका थिए । गत वर्ष एपेकको सम्मेलनमा भेट हुँदा लीले ड्रम बजाउनु आफ्नो सपना भएको बताएका थिए । अन्त्यमा उनलाई सरप्राइज दिन डुएट राखेको ताकाचीले माइक्रोब्लगिङ साइट एक्समा एउटा पोस्टमा लेखेकी छन् । डुएट भिडियोले सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण