होस्टल र आवाससम्म बनाउन सकिएन, अख्तियारको डरले काम गर्नै गाह्रो : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधारको अभावप्रति चिन्ता व्यक्त गरिन्।
- उनले डाक्टर र कर्मचारीका लागि आवास र विद्यार्थीका लागि होस्टल नहुनु दुःखद भएको बताइन्।
- प्रधानमन्त्रीले उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्दै नागरिकको सेवामा समर्पित हुन निर्देशन दिइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अझै पनि आधारभूत पूर्वाधारको चरम अभाव रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । बुधबार सिंहदरबारमा आयोजित प्रतिष्ठानको १२ औँ सभालाई सम्बोधन गर्दै उनले जुम्ला जस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान हुनु ठुलो उपलब्धि भए पनि सामान्य भौतिक संरचना समेत नहुनु विडम्बनापूर्ण रहेको बताइन् ।
प्रतिष्ठानको अवस्थाबारे बोल्दै प्रधानमन्त्रीले त्यहाँ कार्यरत डाक्टर र कर्मचारीका लागि आवास तथा विद्यार्थीका लागि होस्टल समेत नहुनु दुःखद भएको उल्लेख गरिन् । यति साना र अत्यावश्यक मागहरू पनि सरकारले पूरा गर्न नसकिरहेको उनले स्वीकार गरिन् । उनले बजेट स्थानान्तरण गरेर स्रोत जुटाउन खोज्दा कानुनी जटिलता आइपर्ने र काम गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपको डरले समेत फाइल अगाडि बढाउन कठिन हुने गरेको अनुभव सुनाइन् ।
नियमित काम गर्न खोज्दा अनेकौँ आरोप लाग्ने र विभिन्न अवरोधको सामना गर्नुपर्ने हुनाले विकासका योजनाहरू सोचेअनुरूप अघि बढ्न नसकेको उनको भनाइ छ । प्रतिष्ठानले प्रस्तुत गरेका आगामी योजनाहरू राम्रो देखिए पनि कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको उनले औँल्याइन् । सानो उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गर्दै उनले दुर्गमका नागरिकलाई सेवा दिनु नै प्रतिष्ठानको मुख्य उद्देश्य भएको बताइन् ।
प्रधानमन्त्री कार्कीले प्रतिष्ठान प्रशासनलाई उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै नागरिकको सेवामा समर्पित हुन निर्देशन समेत दिएकी छिन् । एउटै संस्थाले पनि समग्र क्षेत्रको विकासमा ठुलो महत्त्व राख्ने भएकाले पूर्वाधार अभावका बिच पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उनले आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण