कांग्रेस विशेष महाधिवेशन
कांग्रेस आजदेखि रूपान्तरण भएको छ: पुष्पा भुसाल
बिहीबार, ०१ माघ २०८२, ०१ : ४४
सारांश
- पुष्पा भुसालले कांग्रेस रूपान्तरण भएको पार्टीका रूपमा अघि बढ्ने बताइन्।
- उनले समावेशी समानुपातिक प्रतिनिधित्वलाई कांग्रेसले आत्मसात् गरेको उल्लेख गरिन्।
- भुसालले महाधिवेशनलाई एकताको अधिवेशनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्।
काठमाडौँ । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले कांग्रेस आजको मितिदेखि रूपान्तरण भएको पार्टीका रूपमा अघि बढ्ने बताइन् ।
‘कांग्रेस आजदेखि रूपान्तरण भएको छ भन्ने विश्वास आम कार्यकर्ता र जनतालाई दिलाउन चाहन्छु,‘ उनले भनिन् ।
बुधबार मध्यराति उपसभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भुसालले संविधानले व्यवस्था गरेको समावेशी समानुपातिक प्रतिनिधित्वलाई कांग्रेसले अग्रसरताका साथ आत्मसात् गरेको उल्लेख गरिन् ।
उनले यो विशेष महाधिवेशनलाई एकताको अधिवेशनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै पार्टीभित्र कोही पनि नेता वा कार्यकर्ता विधानभन्दा माथि नरहेको सन्देश यस महाधिवेशनले दिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण