मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी
सारांश
- मनास्लु क्षेत्रमा आगलागी नियन्त्रणका लागि ड्रोनमार्फत निगरानी सुरु भयो।
- वन डढेलो बढेपछि एमक्यापले ड्रोन प्रयोग गरेको छ।
- ड्रोनले आगलागी नियन्त्रण र अवस्था बुझ्न सजिलो पारेको छ।
गोरखा । मनास्लु क्षेत्रमा बढ्दो आगलागी नियन्त्रण गर्न ड्रोनमार्फत निगरानी सुरु गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले ड्रोनमार्फत निगरानी सुरु गरेको हो ।
चुमनुब्री गाउँपालिका–३ स्थित नाक्चेत, घट्टेखोलालगायत क्षेत्रमा वन डढेलो बढेपछि ड्रोनमार्फत निगरानी सुरु गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका फिल्ड अफिसर भुवन ओझाले जानकारी दिए । डढेलोले संरक्षण क्षेत्रभित्रका वन्यजन्तु, जैविक विविधता, मानव स्वास्थ्य तथा वातावरणमै गम्भीर असर पु(याउने भएकाले नियन्त्रण गर्न जरुरी रहेको उनले बताए ।
“केही समयदेखि सिर्दिबासलगायत आसपासको क्षेत्रमा दैनिकजसो आगलागीका घटना बढिरहेका छन् । त्यसैले हामीले ड्रोनको प्रयोग गरी निगरानी सुरु गरेका हौँ”, उनले भने, “यहाँ एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न तीनचार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । ड्रोनको प्रयोग गरेपछि एकठाउँमा बसेर आगलागी भएको क्षेत्र हेर्न मिल्ने भयो, त्यहाँको अवस्था बुझ्न पनि सजिलो भयो ।”
डढेलो लगाउने व्यक्ति पहिचान गर्ने तथा वन क्षेत्रमा आगो लगाउने क्रम नियन्त्रणमा ल्याउने उद्देश्यसहित ड्रोनमार्फत निगरानी सुरु गरेको ओझाले बताए । कार्यालयले ड्रोनको प्रयोग सुरु गरेपछि स्थानीयहरूसमेत सचेत भएका र आगलागी न्यूनीकरण भएको उनको भनाइ छ ।
ड्रोनको सहायताले हालसम्म दुईवटा आगलागीको घटना नियन्त्रण गरिसकेको एमक्यापका फिल्ड अफिसर ओझाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण