माघीमा बालेनको सन्देश, ‘शैली फरक भए पनि भावना एउटै छ’
सारांश
- काठमाडौँका मेयर बालेन शाहले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली विविधताको संगम भएको बताए।
- उनले नेपालको बहुसांस्कृतिक एकतालाई जोड दिँदै विभिन्न समुदायले मनाउने पर्वहरूको चर्चा गरे।
- बालेनले सबै नेपालीको भावना एउटै भएको र नयाँ सुरुवात तथा समृद्धिको कामना व्यक्त गरे।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै यो दिनलाई प्रकृति फेरिने दिन मात्र नभई नेपाली विविधताको संगम भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले नेपालको बहुसांस्कृतिक एकतालाई जोड दिएका हुन्।
बालेनले चर्चित गीतको अंश ‘सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल, सब हो एउटै हामी नेपाली, एउटै हाम्रो देश नेपाल’ उद्धृत गर्दै नेपालीपनको व्याख्या गरेका छन्। उनले माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति, तिलुवा संक्रान्ति वा माघीका रूपमा मनाइने उल्लेख गरे।
आफ्नो सन्देशमा बालेनले नेपालका विभिन्न समुदायले आजको दिनलाई कसरी मनाउँछन् भन्ने कुरालाई समेटेका छन्। उनले नेवार समुदायले यसलाई ‘घ्यः चाकु संल्हू’ र किरात समुदायले नयाँ वर्षको रूपमा ‘येले संवत्’ मनाउने कुरा उल्लेख गरेका छन्। त्यस्तै, थारू समुदायको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व माघी भएको पनि उनले स्मरण गराए।
चाडपर्व मनाउने नाम र शैली फरक भए पनि सबै नेपालीको भावना एउटै भएको उनको भनाइ छ। बालेनले नेपालीहरू जोडिने, रमाउने र उत्सव मनाउने तरिकामा विविधता भए पनि अन्ततः सबै एकै भएको सन्देश दिँदै सबैमा नयाँ सुरुवात र समृद्धिको कामना गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण