बोहराको निधनमा देउवा स्तब्ध, भने, ‘कांग्रेसले असल नेता गुमायो’
बिहीबार, ०१ माघ २०८२, ०८ : ०४
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बलदेव बोहराको निधनप्रति दुःख व्यक्त गरे।
- देउवाले बोहराको निधनले कांग्रेसले एक असल नेता गुमाएको बताए।
- देउवाले बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य एवं पार्टी नेता बलदेव बोहराको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बोहराको असामयिक निधनको खबरले आफू मर्माहत भएको देउवाले बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले बोहरालाई आफ्नो मित्रको रूपमा स्मरण गरे। उनले बोहराको निधनले नेपाली कांग्रेसले एक असल र निष्ठावान नेता गुमाएको उल्लेख गरेका छन्।
सभापति देउवाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण