निर्वाचनमा कांग्रेससँग सहकार्य र प्रतिस्पर्धाबारे निचोडमा पुगेका छैनौँ : महेश बस्नेत
सारांश
- एमाले सचिवले आगामी चुनावमा कांग्रेससँग प्रतिस्पर्धा वा सहकार्यबारे उच्च तहमा समझदारी हुने बताए।
- राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमाले मिलेर उम्मेदवारी दिएको कुरा उनले प्रष्ट पारे।
- उनले कांग्रेसको विभाजनपछिका असरबारे विश्लेषण भइरहेको र महाधिवेशनमा फरक मत राख्नेहरूप्रति फरक व्यवहार नहुने बताए।
काठमाडौँ । नेकपा एमालेका सचिव महेश अगामी चुनावमा नेपाली कांग्रेससँग प्रतिस्पर्धा वा सहकार्यका लागि उच्च तहको समझदारी गर्ने बताएका छन् ।
बिहीबार नेकपा एमाले वागमती प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव बस्नेतले के गर्ने भन्ने निचोडमा पुगि नसकेको भन्दै चाँडै टुङ्गोमा पुग्ने बताए । उनले राष्ट्रियसभाको निर्वाचनका लागि कांग्रेस एमाले मिलेर उम्मेदवारी दिएको र त्यो आवश्यकताको सिद्धान्तका आधारमा गरिएको बताए ।
‘अब प्रतिनिधिसभाको हकमा रेगुलर चुनाव भयो भने पनि अझै चार पाँच दिन समय छ’, बस्नेतले भने, ‘हामी छलफलमा छौँ । प्रतिस्पर्धा गरेर जाने वा सहकार्य गरेर जाने भन्नेमा निचोडमा पुगिसकेका छैनौ । तर जे गरे पनि उच्च तहको समझदारी गरेर जान्छौँ ।’
उनले कांग्रेसको विभाजन पछिका सेटव्याक के–के आउँछन् भन्ने अहिले विश्लेषण गरिरहेको भन्दै एमालेले महाधिवेशनमा फरक मत राख्नेहरूप्रति फरक व्यवहार नगरिने दाबी समेत गरे । नेता बस्नेतले सुरेन्द्र पाण्डेले आफू चुनावमा नउठ्ने भनेकाले सिफारिस नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण