उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता
सारांश
- उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता भएको छ, जसमा दुई पार्टीका अध्यक्षले हस्ताक्षर गरे।
- जेनजी आन्दोलनका क्रममा खुट्टा गुमाएका राजेश पोर्तेलले पार्टी गठन गरेका थिए र उनी अब उज्यालो नेपाल पार्टीको उपाध्यक्ष बनेका छन्।
- एकता प्रक्रियामा पोर्तेलसहित १७ जनाको नाम समावेश गरिएको छ र पोर्तेलका सात जनालाई केन्द्रीय सदस्य र दुई जनालाई सचिवालय सदस्य दिने समझदारी भएको छ।
काठमाडौँ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता भएको छ । बिहीबार उज्यालो पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबिच एकता भएको हो । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले हस्ताक्षर गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले जेनजी आन्दोलनको भावनालाई समेट्ने भन्दै पार्टी गठन गरेका थिए ।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचकाे एकता भङ्ग भएसँगै समानुपातिकमा छुटेको छ । समानुपातिकमा छुटेको उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीमा १७ जनाको नाम समावेश गरी पार्टी एकीकरण भएकाे हाे ।
पार्टी एकीकरण गरेसँगै पोर्तेललाई उज्यालो नेपाल पार्टीको उपाध्यक्ष दिएको छ । त्यस्तै,पोर्तेल पार्टीका सात जनालाई केन्द्रीय सदस्य र दुई जनालाई सचिवालय सदस्य दिने गरी समझदारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण