रुकुम पश्चिममा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु
बिहीबार, ०१ माघ २०८२, १८ : ४७
सुर्खेत । रुकुम पश्चिममा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाँकेका २८ वर्षीय भगिराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
उनी जेसिबीका सहचालक हुन् । बिहीबार बाँफिकोट गाउँपालिका—७ स्थित भम्प भन्ने स्थानदेखि झारमारे जोड्ने भित्री सडक खण्डमा रा १ क १४०४ नम्बरको जेसिबी दुर्घटना भएको हो ।
‘उक्त जेसिबी सडक खन्ने काममा रहेछ, बाटोमा जाँदै गर्दा दुर्घटना भएको हो,’ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले भने, ‘जेसिबी सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।’
जेसिबीका चालक भने फरार रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण