राजनीति
गगन थापा समूहले भन्यो : आयोगमा २६५२ प्रतिनिधिको हस्ताक्षर बुझाइएको छ
शुक्रबार, ०२ माघ २०८२, १३ : ५३
सारांश
- नेपाली कांग्रेसको गगन थापा समूहले निर्वाचन आयोगमा २६५२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको बताएको छ।
- समूहका महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको जानकारी गराए।
- २९ जना महाधिवेशन प्रतिनिधिले मात्र हस्ताक्षर फिर्ता लिएको घिमिरेले बताए।
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहले आफूहरूले निर्वाचन आयोगमा २६५२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको बताएको छ । सो समूहका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार सार्वजनिक गरेको धारणामा आफूहरूले बिहीबार २६५२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाइएको उल्लेख छ ।
‘विशेष महाधिवेशनको माग गर्दा २४८८ जना महाधिवेशन सदस्यको संख्या रहेको, जुन सम्पूर्ण सदस्य संख्या ४६३५ को ५४.५८ प्रतिशत रहेकोमा महाधिवेशनमा सहभागी संख्या २६५२ अर्थात् ५७.२१ प्रतिशत रहेको जानकारी गराइन्छ,’ समूहका महामन्त्री घिमिरेले सार्वजनिक गरेको धारणामा लेखिएको छ ।
घिमिरेले विशेष महाधिवेशन आयोजनाको लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधि मध्ये २९ जना महाधिवेशन प्रतिनिधिले मात्र फिर्ता लिएको अभिलेख सचिवालयमा रहेको पनि जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
-
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण