रवि लामिछानेकाे मुद्दा फिर्ता लिने निर्णयविरूद्ध सर्वाेच्चमा दाेस्राे रिट पेस
सारांश
- रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा दोस्रो रिट दर्ता भएको छ।
- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहकारी ठगी प्रकरणमा अभियोग संशोधनको निर्णय गैरकानुनी भएको जिकिर गर्दै रिट दायर गरेका हुन्।
- निवेदकले महान्यायाधिवक्ताको निर्णयले अपराधीलाई उन्मुक्ति दिने दाबी गर्दै कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन पेस भएको छ ।
सहकारी ठगी प्रकरणसँग जोडिएको गम्भीर मुद्दाहरूमा अभियोग संशोधन गर्ने वा मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयबाट भएको निर्णय गैरकानुनी र बदनियतपूर्ण रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् । यसअघि युवराज पौडेल (सफल)ले लामिछानेको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दिएका थिए ।
निवेदकले महान्यायाधिवक्ताको सो निर्णयले न्याय प्रक्रियामा गम्भीर अवरोध सिर्जना गर्ने र अपराधीलाई उन्मुक्ति दिने खेल भएको उल्लेख गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न 'अन्तरिम आदेश' को माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण