रवि जोडिएका सहकारी ठगीका सबै अभियुक्तका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने तयारी
सारांश
- रास्वपाका सभापति रवि लामिछानेसँग जोडिएका सहकारी ठगीका मुद्दा फिर्ता लिने तयारी भइरहेको छ।
- महान्यायाधिवक्ता कार्यालयले सबै अभियुक्तको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने तयारी गरेको छ।
- यसअघि, रवि लामिछानेको हकमा मात्रै मुद्दा फिर्ता लिने निर्णयमा त्रुटि भएको बताइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएका सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयले तयारी थालेको छ । लामिछानेको हकमा मात्रै मुद्दा फिर्ता गर्दा विवादमा मुछिएपछि सबै अभियुक्तको हकमा लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने तयारी गरेको हो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले यसअघि रवि लामिछानेको हकमा मात्रै यस्ता अभियोग फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । तर यसमा त्रुटि भएकाले सबैको हकमा यो निर्णय कार्यान्वयन गर्न सरकारी वकिल कार्यालयलाई निर्देशन दिइसकेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जानकारी दिएको छ । यसअघि बुधबार भने महान्यायाधिवक्ताले रविविरुद्ध मात्रै यस्तो मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।
‘रवि लामिछाने प्रतिवादी भएको मुद्दाहरूमा समेत लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालत, काठमाडौँ जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा चितवन जिल्ला अदालतमा भए सरह ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ’, महान्यायाधिवक्ता भण्डारीको निर्णयमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण