मस्कको एआई कम्पनीमाथि उनकै छोराकी आमाले हालिन् मुद्दा
सारांश
- एलन मस्कको एआई कम्पनीले अश्लील तस्बिर बनाएको भन्दै एक महिलाले मुद्दा दायर गरेकी छिन्।
- एक्सएआईको च्याटबोट ग्रोकले महिलाको सहमति बिना यौनजन्य डीपफेक तस्बिर बनाएको आरोप छ।
- मुद्दामा क्षतिपूर्ति र जूरी ट्रायलको माग गरिएको छ, तर एक्सएआईले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कका एक सन्तानकी आमाले उनको कृत्रिम बौद्धिकता कम्पनीमाथि मुद्दा हालकी छिन् । एक्सएआई कम्पनीको एआई च्याटबोट ग्रोकले आफ्नो अश्लील डिपफेक तस्बिर बनाएको भन्दै एश्ले सेन्ट क्लेयरले न्यूयोर्कमा मुद्दा दायर गरेकी हुन् । ग्रोकले आफ्नो सहमति बिना यौनजन्य डीपफेक तस्बिरहरू बनाएको उनको आरोप छ ।
ग्रोकले वास्तविक व्यक्तिहरूलाई डिजिटल रूपमा नाङ्गो बनाउने, अपमानित गर्ने र यौन शोषण गर्ने कार्य गरेको मुद्दामा उल्लेख छ । आफूले सहमति नदिएको सार्वजनिक रूपमा जानकारी गराउँदा समेत ग्रोकले आफ्ना यौनजन्य र अपमानजनक तस्बिरहरू बनाउन नरोकेको क्लेयरको भनाइ छ ।
बुधबार एक्सएआईले ग्रोकलाई वास्तविक व्यक्तिको अश्लील फोटो बनाउन नसिकने बनाएपछि क्लेयरको मुद्दाको खबर आएको हो । मुद्दामा १४ वर्षको उमेरमा खिचिएका आफ्ना पुराना तस्बिरमा आफूले लगाइरहेको कपडा हटाएर ग्रोकले तस्बिर बनाएको आरोप पनि समावेश छ । क्लेयरले मानसिक पीडा र गोपनीयता हनन भएको भन्दै क्षतिपूर्ति र जूरी ट्रायलको माग गरेकी छिन् । यस खबरप्रति एक्सएआईले तत्कालै कुनै प्रतिक्रिया दिएको छैन । बुधबार एलन मस्कले भने ग्रोकले नाबालकको नग्न तस्बिर बनाएको कुरा आफूलाई जानकारी नभएको दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण