प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा सात हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन् । प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरिएको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक गौतम मिश्रले मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा तयारी गरिएको जानकारी दिए । अतिसंवेदनशील मतदानस्थलमा प्रहरी र निर्वाचन प्रहरी बढी सङ्ख्यामा परिचालन गरिने उनले बताए ।
प्रदेशका १६ निर्वाचन क्षेत्रमा एक हजार १७६ मतदानस्थल रहेकामा ३०० सामान्य, ३९५संवेदनशील र ४८१ मतदानस्थल अतिसंवेदनशीलमा रहेका प्रहरीले जनाएको छ ।
सुरक्षा योजनाअनुसरा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षा दिनुका साथै मतदानस्थलमा निर्वाचन प्रहरी परिचालन गरिनेछ । त्यसका लागि प्रदेशभर १३ हजार ६६९ निर्वाचन प्रहरी भर्ना लिने प्रक्रियामा छ । यहाँका नौ वटै जिल्लामा गरेर हाल १६ हजार १९३ महिला तथा पुरुषले निर्वाचन प्रहरीका लागि आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा आवश्यकताभन्दा बढी आवदेन परे पनि बाँकी पाँच जिल्लामा आवश्यकताभन्दा कम आवेदन परेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रदेश निर्वाचन कार्यालय धनगढीले शुक्रबार १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ । कार्यालय प्रमुख प्रेमराज भट्टले यहाँ नौ वटा मुख्य निर्वाचन अधिकृत र सात वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिए । सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएकासमेत गरेर कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण