कर्णाली खेलकुद परिषद् सदस्यसचिवका लागि तीन जना सिफारिस, मन्त्रीका स्वकीय आउट
सुर्खेत । कर्णाली प्रदेशको खेलकुद विकास परिषद्को सदस्यसचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
१० जनाको सूचीबाट अन्तिममा तीन जनाको नाम सिफारिस गरिएको हो ।
सिफारिसको पहिलो सूचीमा रविन्द्र चन्द (६७.१७ अंक) रहेका छन् । यस्तै दोस्रोमा दीपक हमाल (६०.६३ अंक) र तेस्रोमा प्रमोद हमाल (५२.३७ अंक) को नाम छ ।
अन्तर्वार्ताका लागि छनोट भएका १० जना उम्मेदवारहरूको शनिबार अन्तर्वार्ता लिइएको थियो । १० नम्बरभित्र परिषद् रहेको विभागीय मन्त्रालय सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका स्वकीय सचिव पवन थापा पनि परेका थिए । यद्यपि अन्तिममा आउँदा उनी आउट भएका छन् ।
मन्त्रीको स्वकीय हुँदै सोही मन्त्रालयअन्तर्गत परिषद्का सदस्यसचिव बन्न खोजेको भन्दै प्रश्न उठेको थियो ।
अब छनोट सिफारिस समितिले सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस गर्ने छ । त्यसमध्ये मन्त्रिपरिषद्को बैठकले एक जनालाई सदस्यसचिव नियुक्त गर्ने छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिस्थिति जटिल बन्नुमा वामपन्थी शक्तिको भूमिका पनि जिम्मेवार छ : मोहनविक्रम सिंह
-
सिटिजन्स बैंक र नियो भर्सबिच समझदारी
-
वाम–लोकतान्त्रिक गठबन्धन बनाउन नेकपाको पहल, अझै बनेन खाका
-
नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पाइलट धरौटीमा रिहा
-
नेपाललाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम छ : प्रदीप ज्ञवाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण