महिला टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट आजदेखि, उद्घाटन खेलमा नेपाल र थाइल्यान्डबिच प्रतिस्पर्धा
सारांश
- आइसिसी महिला टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट नेपालमा सुरु हुँदैछ, जसमा १० राष्ट्र सहभागी छन्।
- नेपालले थाइल्याण्डसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ, खेल कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ।
- नेपाली कप्तान इन्दु बर्माले १८ वर्षको मिहिनेत र उत्कृष्ट क्रिकेट प्रदर्शन गर्ने आशा व्यक्त गरिन्।
काठमाडौँ । आइसीसी महिला टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट आजदेखि नेपालमा सुरु हुँदै छ । तीन वटा टेस्ट राष्ट्र बङ्गलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले आज चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
यस छनोटबाट कुल चार राष्ट्रले सन् २०२६ को जुनदेखि इङ्गल्यान्ड र वेल्समा संयुक्त रूपमा हुने आइसिसी महिला टी-ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् ।
छनोट प्रतियोगिता सुरु हुनुअघि शनिबार कप्तानहरूसँग भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले यो क्षणका लागि १८ वर्षदेखि नेपालले मिहेनत गरेको उल्लेख गर्दै प्रतियोगिता जतिसक्दो उत्कृष्ट क्रिकेट प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छन् ।
उनले सबै खेलाडी यो प्रतियोगिताका लागि तयार र उत्साहित रहेको पनि बताइन् । विश्व क्रिकेटका ठुलो राष्ट्रसँग खेल्न पाउँदा खुसी रहेको उनले उल्लेख गरेकी छन् । कप्तान इन्दुले स्कटल्यान्ड र आयरल्यान्डसँगको खेलबाट ठुलो टिमसँग खेल्दा कसरी खेल आफ्नो पक्षमा पार्ने लगायत सिक्न पाएको पनि बताइन् ।
आगामी छनोट खेलमा त्यसको प्रभाव आउने उनको विश्वास छ । प्रशिक्षण राम्रो रहेको र खेलाडीहरूमा पनि आत्मविश्वास बढिरहेको उनी बताउँछिन् । सफलता एकैपल्ट नआउने र यसको प्राप्तिको लागि समय लाग्ने उनको भनाइ छ । उनले पछिल्लो समय आफ्नो टोलीले राम्रो क्रिकेट खेल्दै आएको र त्यसलाई निरन्तरता पनि दिने आशा व्यक्त गरेकी छन् । यो प्रतियोगिताका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेको उल्लेख गरेकी छन् ।
थाइल्यान्डकी कप्तान नारुइमोल चाइवाईले नेपालमै आयोजना भएको एसिया क्वालिफायरमा आफ्नो च्याम्पियन भएको स्मरण गर्दै सधैँ एउटै प्रदर्शन नआउने उल्लेख गरेकी छन् । पछिल्लो नतिजा बिर्सेर राम्रो क्रिकेट खेल्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण