ओलिसेको सनसनीपूर्ण प्रदर्शन, पुनरागमन जित निकाल्दै बायर्नलाई ११ अङ्कको अग्रता
म्युनिख । अतिरिक्त खेलाडीका रूपमा मैदान छिरेका माइकल ओलिसेले उत्कृष्ट प्रदर्शन गरेपछि बायर्न म्युनिखले आरबी लेइपजिगमाथि सानदार पुनरागमन जित दर्ता गरेको छ।
बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेलमा ओलिसेको एक गोल र तीन असिस्टको मद्दतले बायर्नले लेइपजिगलाई उसैको मैदानमा पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो।
खेलको पहिलो हाफमा घरेलु टोली लेइपजिगले निकै आक्रामक खेल पस्किएको थियो। खेलको २०औँ मिनेटमा रोमुलो क्रुजले गोल गर्दै लेइपजिगलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा लेइपजिगले गोलका लागि धेरै अवसर सिर्जना गरे पनि थप गोल गर्न नसक्दा बायर्नले पुनरागमनको मौका पायो।
दोस्रो हाफको सुरुवातमै ५०औँ मिनेटमा सर्ज गनाब्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि ५६औँ मिनेटमा मैदान प्रवेश गरेका फ्रान्सेली विङ्गर ओलिसेले खेलको नक्सा नै बदलिदिए। उनकै पासमा ह्यारी केनले सिजनको ३२औँ गोल गर्दै बायर्नलाई अग्रता दिलाए।
त्यसपछि ओलिसेले जोनाथन ताह र अलेक्जेन्डर पाभ्लोभिचका लागि गोलका अवसर सिर्जना गरिदिए। खेलको अन्त्यतिर ८८औँ मिनेटमा ओलिसे आफैँले उत्कृष्ट गोल गर्दै बायर्नको ५-१ को जित सुनिश्चित गरे।
यो जितसँगै शीर्ष स्थानको बायर्नले दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डमाथि ११ अङ्कको स्पष्ट अग्रता बनाएको छ। प्रशिक्षक भिन्सेन्ट कोम्पनीले व्यस्त तालिकालाई ध्यानमा राख्दै ओलिसेलाई सुरुवाती ११ मा नराखे पनि उनको छोटो समयको प्रभावले बायर्नलाई महत्त्वपूर्ण तीन अङ्क दिलायो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण