बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट
आइतबार, ०४ माघ २०८२, १३ : ५८
बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ः०० बजे एक घरमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ । गौमुल–२ कुहुडा बस्ने ३० वर्षीय विष्णु रोकायाको घरमा विद्युत्को तार सट भई आगलागी हुँदा खरले छाएको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
उनका अनुसार विद्युत्को तार सट भई आगलागी भएको खबरपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली खटिएको छ । खरले छाएको तीनतले घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेको प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट लाखौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरी टोली घटनास्थल गएकाले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण