एमालेबाट मकवानपुर–१ मा राना र २ मा बर्तौला
सारांश
- एमालेले मकवानपुरका दुवै निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुङ्गो लगायो, जसमा रामेश्वर राना र महेशकुमार बर्तौला छन्।
- महेशकुमार बर्तौला मकवानपुर-२ बाट पुनः उम्मेदवार बन्ने भएका छन्, जसले अघिल्लो निर्वाचनमा जित हासिल गरेका थिए।
- एमालेले मकवानपुर-१ मा गुमेको साख फिर्ता ल्याउन रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
हेटौँडा । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य रामेश्वर राना र क्षेत्र नम्बर–२ बाट निवर्तमान सांसद महेशकुमार बर्तौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
मकवानपुर–२ बाट उम्मेदवार बनेका बर्तौला यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । पहिलोपटक प्रतिनिधिसभा चुनाव लडेका बर्तौलाले गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई चार हजार मतान्तरले पराजित गरेका थिए । यस पटक पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यसहित एमालेले उनलाई पुनः उम्मेदवार बनाएको हो ।
सो क्षेत्रमा संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीको नाम पनि उम्मेदवारका रूपमा सिफारिस भएको थियो । तर विगतको निर्वाचन परिणाम, सङ्गठनात्मक पकड र संसदीय अनुभवलाई आधार मानेर पार्टीले बर्तौलालाई नै दोहोर्याउने निर्णय गरेको देखिन्छ । पहिलो पटक चुनाव जितेका बर्तौला जिल्लाबाट संसदीय राजनीतिको शीर्ष तहमा समेत पुगेका थिए । उनी सत्तापक्ष तथा एमालेका प्रमुख सचेतक समेत बने ।
उता, मकवानपुर–१ मा भने एमालेले गुमेको साख फिर्ता ल्याउने रणनीतिसहित यस पटक नेता रामेश्वर रानालाई मैदानमा उतार्ने भएको छ । २०७९ को निर्वाचनमा एमालेले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको थियो । तर उक्त निर्वाचनमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह विजयी हुँदा थापा तेस्रो स्थानमा सीमित भएका थिए । सो निर्वाचनमा रानालाई दिएको टिकट खोसेर थापालाई एमालेबाट चुनावमा पठाइएको थियो ।
लगातार जित्दै आएको क्षेत्र गुमेपछि एमालेले सङ्गठनभित्रको अनुभवी नेतालाई उम्मेदवार बनाएको हो । केन्द्रीय सदस्य रानालाई टिकट दिएर मकवानपुर–१ मा पुनः पार्टीको पकड मजबुत बनाउने एमालेको लक्ष्य रहेको नेताहरू बताउँछन् ।
मकवानपुरमा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । २०७४ सालको निर्वाचनमा एमालेले दुवै क्षेत्रमा जित हासिल गरेको थियो । त्यसबेला क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद दाहाल र क्षेत्र नम्बर २ बाट विरोध खतिवडा निर्वाचित भएका थिए । दाहालले तत्कालीन राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेका थिए भने खतिवडाले कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ लाई हराउँदै प्रतिनिधिसभामा प्रवेश गरेकी थिइन् ।
तर २०७९ को निर्वाचनसम्म आइपुग्दा राजनीतिक समीकरण फेरियो । खतिवडा एमालेबाट विभाजित भई बनेको तत्कालीन नेकपा (एकीकृत समाजवादी) मा लागेपछि गठबन्धनका साझा उम्मेदवार बने । तर उनी आफ्नै पार्टीका पूर्व कार्यकर्ता तथा चेला मानिने महेशकुमार बर्तौलासँग पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण