रास्वपाबाट जुम्लामा विनिता कठायत उम्मेदवार
आइतबार, ०४ माघ २०८२, २३ : १५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचनका लागि विनिता कठायतलाई जुम्लाबाट उम्मेदवार बनाएको छ।
- कठायत यसअघि रास्वपाकी समानुपातिक सांसद थिइन्।
- जुम्लामा एमालेबाट शान्तिलाल महत र नेकपाबाट नरेश भण्डारीले टिकट पाइसकेका छन्।
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लाबाट प्रत्यक्षतर्फ विनिता कठायतलाई उम्मेदवार बनाएको छ । पार्टी स्राेतका अनुसार कठायतलाई जुम्लाबाट उम्मेदवार बनाउने निणर्य गरेकाे हाे ।
कठायत यसअघि रास्वपाकी समानुपातिक सांसद थिइन् ।
जुम्लामा नेकपा (एमाले) बाट शान्तिलाल महत र नेकपाबाट नरेश भण्डारीले टिकट पाइसकेका छन् भने अन्य दलहरूले उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण