पाकिस्तानकाे सपिङ मलमा आगलागी : मर्नेको सङ्ख्या ८ पुग्यो
सारांश
- कराँचीको गुल प्लाजामा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ, जसमा एक दमकलकर्मी पनि छन्।
- आगलागीपछि दर्जनौं मानिस बेपत्ता छन्, जसको खोजी कार्य जारी छ र भवनका भागहरू भत्किएका छन्।
- प्लास्टिक फोम, कपडा र परफ्युमजस्ता ज्वलनशील सामग्रीका कारण आगलागी फैलिएको र सामूहिक विपद् प्रोटोकल लागू गरिएको छ।
कराँची । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराँचीमा रहेको गुल प्लाजामा भएको भीषण आगलागीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना दमकलकर्मी भएको बताइएको छ ।
दर्जनौँ मानिस अझै बेपत्ता रहेको आशङ्कामा उद्धारकर्मीहरूले खोजी कार्य तीव्र बनाएका छन् । शनिबार राति सुरु भएको आगो निभाउन दमकलकर्मीलाई २४ घण्टाभन्दा बढी समय लागेको थियो ।
करिब ८ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस प्लाजामा झन्डै १ हजार २०० पसल सञ्चालनमा थिए । आगलागीपछि भवनका विभिन्न भाग भत्किएका छन् ।
यसले गर्दा उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । भेन्टिलेसनको अभाव र भग्नावशेषले खोजी कार्यलाई थप जटिल बनाएको छ । परिवारका सदस्यहरूका अनुसार ५८ जना सम्पर्कविहीन छन् ।
बेपत्ता भएका मानिसका आफन्तहरू भवन बाहिर खबर पर्खिरहेका छन् । सहर प्रशासनले बेपत्ताहरूको विवरण सङ्कलन गर्न विशेष डेस्क स्थापना गरेको छ । रेस्क्यु ११२२ का प्रवक्ता हसन खानका अनुसार प्लास्टिक फोम, कपडा र परफ्युमजस्ता ज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको हो ।
भवनबाट आइतबारसम्म पनि धुवाँ निस्किरहेको र यो थप भत्किन सक्ने खतरा रहेको बताइएको छ । सामूहिक विपद् प्रोटोकल लागू गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण