सवारी दुर्घटनामा झापामा दुई जनाको मृत्यु
सारांश
- झापाको दमक र बिर्तामोडमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
- दमकमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भयो भने बिर्तामोडमा मोटरसाइकल र अटोरिक्सा ठोक्किँदा एक युवतीको मृत्यु भयो।
- प्रहरीले दुवै घटनाको अनुसन्धान गरिरहेको छ र घाइतेको अस्पतालमा उपचार भइरहेको छ।
दमक (झापा), ५ माघः झापाको दमक र बिर्तामोडमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा दमक–१० का २४ वर्षीय युवराज पाठक र दमक ठेगाना भएकी अन्दाजी २२ वर्षीया सुजता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार दमक नगरपालिका–९ स्थित बिजुली अफिस नजिक गएराति करिब १२ बजेतिर मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा पाठकको मृत्यु भएको हो भने झापाको बिर्तामोड चौकस्थित अदुवा पुल सडकखण्डमा मोटरसाइकल र अटोरिक्सा एकापसमा ठोक्किँदा घाइते मोटरसाइकलमा सवार ती युवतीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकल चालक गौरादह नगरपालिका–३ का २४ वर्षीय निरज कार्कीको समेत सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण