मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कैलाली–५ मा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक, कुन दललाई कतिबेला ?

सोमबार, ०५ माघ २०८२, २१ : ००
सोमबार, ०५ माघ २०८२

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । 

कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आलोपालो हुनेगरी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान साढे १० बजेदेखि १२ बजेसम्म स्वतन्त्र उम्मेदवार तथा अन्य दलहरूले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ । 

यसैगरी दिउँसो १२ देखि १२ः३० बजेसम्म नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यस्तै साढे १२ देखि १ बजेसम्म राष्ट्रिय स्वतन्त्रता पार्टी, १ देखि २ बजेसम्म नेपाली कम्युनिस्ट पार्टी, २ देखि ३ बजेसम्म नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत चेन्तराज पन्तले जानकारी दिए । 

यसैगरी ३ बजेदेखि ३ः३० बजेसम्म राष्ट्रिय जनमोर्चा पार्टी, ३ः३० देखि ४ बजेसम्म नेकपा संयुक्त र ४ देखि ५ बजेसम्म नेकपा एमालेले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

मनोनयनपत्र दर्ता गर्ने कार्यलाई व्यवस्थित गर्न यो समय सारणी प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मनोनयनपत्र बिहान १० देखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा दर्ता गर्न सकिने पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप