डुम्रे–बेँसीसहर खण्ड आंशिक रूपमा अवरुद्ध हुने
सारांश
- डुम्रे-बेँसीसहर सडकखण्ड स्तरोन्नति गर्नका लागि केही समय अवरुद्ध हुनेछ।
- सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ, जसले गर्दा यात्रुहरूलाई असुविधा हुनसक्छ।
- अत्यावश्यक परेमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।
तनहुँ । जिल्लाको डुम्रे बेँसीसहर सडकखण्ड आंशिक समय अवरुद्ध गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाअन्तर्गत भानु नगरपालिका क्षेत्रभित्र पर्ने चाम्बासबाट ढुकुर्दी क्षेत्रसम्मको सडकखण्ड स्तरोन्नतिका लागि आंशिक रूपमा अवरुद्ध गरी काम थालिएको हो ।
उक्त क्षेत्रमा सडक उत्खनन गर्नुपर्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण तथा निर्माणलाई सहज रूपमा सम्पन्न गर्न निश्चित समयका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत विकालस श्रेष्ठले जारी गर्नुभएको सूचना अनुसार आजदेखि माघ १५ गतेसम्म उक्त सडकखण्डमा बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म, बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र साँझ ५ः०० बजेदेखि ९ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
उक्त अवधिमा डुम्रे–बेँसीसहर–चामे सडक प्रयोग गर्ने सवारीसाधन, यात्रु तथा सर्वसाधारणलाई कठिनाइ हुनसक्ने भएकाले अत्यावश्यक काम परेमा वैकल्पिक रूपमा तुरतुरे–पालुङटार–खत्रीटार हुँदै विमलनगरको सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर
-
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : प्रधानमन्त्री शाह
-
पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
-
जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छ : गगन थापा
-
पाकिस्तानी मध्यस्थकर्ताहरूसँगको भेटमा नेतन्याहुसम्बन्धी प्रश्नमा भान्स मौन
-
सरकारबारे प्रश्न उठाउनेलाई बालेनको जवाफ : हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण