आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा राष्ट्रिय महाधिवेशन

मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : प्रधानमन्त्री शाह

आइतबार, ०७ असार २०८३, १७ : ५२
आइतबार, ०७ असार २०८३

काठमाडौँ । प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले रास्वपा लोकल गाडी नभएर हाइवेमा गुडेको गाडी भएकाले गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्ने बताएका छन् । 

आइतबार रास्वपाको महाधिवेशनमा सम्बोधन गर्दै शाहले कतिपयले आफूहरूले हाँकेको रास्वपा रुपी गाडी दुई तिहाइ जनमत दुर्घटनामा पर्न सक्ने भनेर गरेको चिन्ताप्रति यस्तो जवाफ दिएका हुन् । 

‘हाम्रो गाडी लोकल होइन, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’, शाहले भने, ‘हाम्रो गाडी अनियन्त्रित छैन । चिन्ता लिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।’ साथै उनले रास्वपा प्रतिशोध साँध्ने पार्टी नभएको भन्दै विगतमा केही फट्याइँ भएको तथा सरकारी सम्पत्तिमा दोहन भएको बताए । उनले नियम कानुन नमिच्ने भन्दै कानुनभित्रै बसेर काम गर्ने र आउट अफ कन्ट्रोल नगएको बताए । 

 ‘सीमाको विषयमा हामीले ब्रिटिसलाई मध्यस्थता गर्छौ भनेको होइन । मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन’, शाहको भनाइ छ ।   

पार्टीमा गुट उपगुटका सवालमा चलिरहेको चर्चाप्रति  शाहले राम्रो नेता र राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्ने बताए ।

‘कुनै एउटा समूहको माया जितेर हुँदैन’, शाहले समूह बनाउने पछाडि नलाग्न सुझाव दिँदै ‘यस्तो बिउ नरोपौँ ।’ उनले यही कार्यकालमा सुशासन कायम गर्ने तथा सहकारी लगायतका समस्या समाधान गर्ने भन्दै अर्को चुनावमा अर्को एजेन्डा लिएर जाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप