हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
सारांश
- कञ्चनपुर प्रशासनले शान्तिसुरक्षाका लागि हतियार बुझाउन निर्देशन दिएको छ।
- फागुन २१ गते हुने निर्वाचनका लागि माघ २० गतेभित्र हतियार बुझाउन भनिएको छ।
- निर्वाचन कार्यालयले निर्वाचनको तयारी भइरहेको जनाएको छ।
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्ति सुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्ध सबैलाई निर्देशन दिएको छ ।
प्रशासनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार
प्रशासनले इजाजत प्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन निर्देशन दिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ भने कर्मचारी खटाउने, सुरक्षाकर्मी खटाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने काम गरिएको भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण