मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी

मङ्गलबार, ०६ माघ २०८२, ०७ : ४१
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहले सर्वोच्चमा रिट दायर गरेको छ।
  • पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् र पेसी आइतबारका लागि तोक्न आग्रह गरेका थिए।
  • गगन थापा समूहले नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद सुरु भएको थियो।

काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।  आइतबार रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेसी मंगलबारको लागि तोकेको थियो । 

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । रिटको पेसी आइतबारका लागि नै तोक्नका लागि आग्रह गरे‍को भएपनि सर्वोच्च प्रशासनले सम्भव नभएको जानकारी दिएको थियो । 

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप