मनोनयन दर्ता अघि जेनजी आन्दोलनले पारेको क्षति नियाल्दै अध्यक्ष ओली
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा झापामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको स्थलगत अवलोकन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न गृह जिल्ला पुगेका ओलीले आज बिहानैदेखि विभिन्न स्थानको निरीक्षण गरिरहेका छन् ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले मनोनयन दर्ता गर्नुअघि आन्दोलनका क्रममा क्षति पुर्याइएका संरचनाहरूको वास्तविक अवस्था बुझ्न स्थलगत भ्रमण गरेका हुन् । यस क्रममा उनले इलाका प्रहरी कार्यालय दमकको समेत अवलोकन गरी त्यहाँ पुगेको क्षतिको जानकारी लिएका छन् ।
ओलीले आजै दमक टावर, नगरपालिका कार्यालय, पार्टी कार्यालय लगायतका सार्वजनिक संरचनाहरू र आन्दोलनकारीले निशाना बनाएका निजी निवासहरूको पनि निरीक्षण गर्ने कार्यक्रम छ । उनी आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण