होटलमा विष्फोट हुँदा काबुलमा सात जनाको मृत्यु
सारांश
- काबुलको एक होटलमा विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ, जसमा एक चिनियाँ नागरिक र छ अफगानी छन्।
- विस्फोट काबुलको सुरक्षित क्षेत्रमा रहेको रेस्टुरेन्टमा भएको थियो र इस्लामिक स्टेट (आईएसआईएल/आईएसआईएस) समूहले आक्रमणको जिम्मेवारी लिएको छ।
- आईएसआईएलले चिनियाँ नागरिकलाई निशाना बनाएको र चीनले उइगर समुदायमाथि गरेको दमनलाई आक्रमणको कारणको रूपमा उल्लेख गरेको छ।
काबुल । अफगानिस्तानको राजधानी काबुलको कडा सुरक्षा व्यवस्था भएको क्षेत्रमा रहेको एक होटलभित्रको चिनियाँ रेस्टुराँमा भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना चिनियाँ नागरिक र छ जना अफगानी रहेको अधिकारीहरूले बताएका छन् । घटनामा एक बालकसहित केही व्यक्ति घाइते भएका छन् । सोमबार भएको विस्फोट काबुलको शार–ए–नव व्यावसायिक क्षेत्रमा रहेको होटलको रेस्टुराँमा भएको हो । यस क्षेत्रलाई काबुलकै सुरक्षित इलाकामध्ये एक मानिन्छ ।
विस्फोट रेस्टुराँको भान्साघर नजिक भएको प्रहरी प्रवक्ता खालिद जद्रानले भनेका छन् । उक्त चिनियाँ नुडल रेस्टुरेन्ट चिनियाँ मुस्लिम समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको थियो । रेस्टुराँ चिनियाँ मुस्लिम अब्दुल माजिद, उनकी पत्नी र अफगानी साझेदार अब्दुल जब्बार महमूदको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको थियो । विस्फोटमा ‘अयुब’ नाम गरेका एक चिनियाँ नागरिकसहित छ जना अफगानीको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
घटनाको केही समयपछि अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट (आईएसआईएल/आईएसआईएस) समूहले आक्रमणको जिम्मेवारी लिएको छ । आत्मघाती हमलामार्फत आक्रमण गरिएको दाबी समूहले गरेको छ । आईएसआईएलको आमाक समाचार एजेन्सीले चिनियाँ नागरिकलाई निशानामा राखिएको भन्दै उइगर समुदायमाथि चिनियाँ सरकारले गरिरहेको भनिएका ‘अपराध’लाई आक्रमण गर्नुको कारण देखाएको छ ।
मानवअधिकार संस्थाहरूले चीनले झिनजियाङ क्षेत्रका उइगरमाथि व्यापक दमन गरेको आरोप लगाउँदै आएका छन् । तर बेइजिङले यी आरोप अस्वीकार गर्दै पश्चिमी मुलुकले गलत प्रचार गरिरहेको दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण