अपडेट
महेश बस्नेतले भक्तपुर–२ बाट गरे उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १२ : ०६
काठमाडौँ । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
बस्नेत मंगलबार बिहान एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
बस्नेतका प्रस्तावक नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् ।
भक्तपुर २ मा स्वतन्त्र उम्मेदवार श्यामकृष्ण धुख्वा र मधु प्रकाश साहुखलले पनि यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।
यो क्षेत्रमा रास्वपाका राजीव खत्री र नेपाली कांग्रेसका कबिर राणा लगायतले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण