मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।
गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् आठ दशमलव ३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवको पहिलो छ महिनामा रु २३ अर्ब नौ करोड ८८ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आवको पहिलो छ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु १३ अर्ब ६७ करोड ३७ लाख मूल्य बराबरको सामान विभिन्न मुलुक निर्यात भएको थियो । गत आवको सोही अवधिमा रु १३ अर्ब ८४ करोड चार लाखको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट हुने निर्यात एक दशमलव २० प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए ।
पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, काउली, बन्दागोपी, ब्रोकाउली, जडीबुटीलगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, तरकारी, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, अलकत्रा बिटुमिनलगायत रहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा आयात निर्यातबाट रु आठ अर्ब ४० करोड ९१ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण