अपडेट
लुम्बिनी प्रदेशमा ४ सांसद पद रिक्त
मङ्गलबार, ०६ माघ २०८२, १२ : ३३
सारांश
- लुम्बिनी प्रदेश सभाका चार सदस्यले प्रतिनिधि सभाको उम्मेदवार बन्न राजीनामा दिएका छन्।
- राजीनामा दिनेहरूमा नेकपाबाट धन बहादुर मास्की र कृष्णा केसी, तथा नागरिक उन्मुक्ति पार्टीबाट धर्म बहादुर चौधरी रहेका छन्।
- लोसपाका कन्यौया बनियाले पनि राजीनामा दिएका छन्, जसले गर्दा चारै सिट खाली भएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सभा चार प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् । प्रतिनिधि सभामा उम्मेदवार बन्नको लागि ४ जना सांसदले राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो ।
राजीनामा दिनेहरूमा नेपाली कम्युनिस्ट पार्टीबाट प्रदेश सभा सदस्य रहेका धन बहादुर मास्की दाङ क्षेत्र नम्बर ३ (ख) र कृष्णा केसी बाँके क्षेत्र नम्बर १(क) रहेका छ ।
नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरीले पनि राजीनामा दिएका छन् । मास्की, केसी र चौधरी प्रदेशसभामा मन्त्रीसमेत रहेका थिए ।
लोसपाका कन्यौया बनियाले पनि राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सचिव दुर्लभ पुन मगरले चारै सिट रिक्त भएको जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण