मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिलवस्तु–२ : एमाले छाडेका गुप्ता नेकपाको ‘तारा’ चिह्न लिएर मैदानमा

मङ्गलबार, ०६ माघ २०८२, १३ : १५
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • बुटवलमा, पूर्व सांसद बृजेशकुमार गुप्ताले नेकपा एमाले छाडेर नेकपाबाट उम्मेदवारी दिएका छन्।
  • गुप्ताले फागुन २१ गते हुने निर्वाचनका लागि कपिलवस्तु क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराए।
  • गुप्ताले नेकपाको चुनाव चिह्न लिएर चुनावी मैदानमा आउने निर्णय गरेका छन्, र उनी कपिलवस्तुका प्रभावशाली नेता हुन्।

बुटवल । कपिलवस्तुको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका पूर्व सांसद बृजेशकुमार गुप्ताले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर कपिलवस्तु क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका हुन् ।

केही हप्ता अघि मात्रै एमालेदबाट राजीनामा दिएका गुप्ताले यसपटक नेकपाको ’तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रने निर्णय गरेका छन् । उनको उम्मेदवारीको प्रस्तावकमा धर्मबहादुरलाल श्रीवास्तव र समर्थकमा रामदास चौधरी रहेका छन् । कपिलवस्तुबाट चार पटकसम्म सङ्घीय सांसद जितिसकेका गुप्ता यस क्षेत्रका निकै प्रभावशाली नेता मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप