मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

हर्क साम्पाङले सुनसरी–१ मा गराए उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १३ : ४८
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन्।
  • राईले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
  • २०७९ को स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए।

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् ।

राईले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

आफ्नै नेतृत्वमा दल दर्ता गरेका उनी हाल नगर प्रमुख पदबाट राजीनामा दिइ संघीय संसद्तिरको यात्रामा लम्किएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप