पूर्वसञ्चारमन्त्री गुरुङद्वारा उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : ०३
काठमाडौँ । मुलुकलाई सङ्कटबाट बचाउन देश बचाउने र बनाउने नेकपा (एमाले)का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखाबाट उम्मेदवारी दिएका छन् ।
मंगलबार अपराह्न चारिकोटस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेता गुरुङले पार्टीका अर्का नेता एवं पूर्वपर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलसहितका नेता, कार्यकर्ताहरूको उपस्थितिमा एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
गुरुङले दोलखाको सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध भएर निर्वाचनमा होमिएको सन्देश दिनु भएको पार्टी जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए।
उम्मेदवारी दर्तापछि नेता गुरुङले देशलाई बचाउने र बनाउने मुख्य एजेण्डासहित एमाले चुनावमा होमिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण