चुनावलाई गाडी
चुनावका लागि भारतबाट आइपुगे ६१ वटा गाडी
मङ्गलबार, ०६ माघ २०८२, १४ : ४३
सारांश
- प्रतिनिधिसभा निर्वाचनका लागि भारतले सहयोग गर्ने भनेका ६१ वटा गाडी काठमाडौं आइपुगेका छन्।
- भारतले अनुदानमा दिएका गाडी गृह मन्त्रालयमा हस्तान्तरण गरिँदैछ, जसलाई निर्वाचनमा प्रयोग गरिनेछ।
- प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचनका लागि ३७७ वटा गाडी खरिद गर्दैछन्।
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारतले सहयोग गर्ने भनिएका ३८८ मध्ये ६१ वटा काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका गाडी मंगलबार भारतको तर्फबाट हस्तान्तरण गर्न लागिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
गाडी हस्तान्तरण गृह मन्त्रालयमा हुँदैछ । भारतले अनुदान सहयोगमा प्रदान गरेको गाडीहरु निर्वाचनमा प्रयोग गरिने सहसचिव काफ्लेले जानकारी दिए । निर्वाचनमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले ३७७ वटा गाडी खरिद प्रक्रिया अघि बढाएका छन् । प्रहरीले खरिद प्रक्रिया सुरू गरेको ईभी गाडी पनि काठमाडौं आइपुगेका छन् ।
प्रदेश सरकारहरुले पनि निर्वाचनमा प्रहरीलाई गाडी प्रदान गर्ने प्रतिबद्धता जनाएको सहसचिव काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
-
गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
-
च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक
-
'अमेरिका–इरान सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्छ'
-
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
-
सरकारको प्रस्टीकरण : कक्षा १२ को नतिजामा त्रुटि छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण