मनु शाहको दाबी, ‘कांग्रेस एकढिक्का छ, जीत सुनिश्चत छ’
धनगढी । नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका नरनारायण शाह ‘मनु’ ले यसपटक चुनावी नतिजा आफ्नो पक्षमा आउने दाबी गरेका छन्।
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जिते पनि यसपटक परिस्थिति बदलिएको र कांग्रेस एकढिक्का भएकाले जित सुनिश्चित रहेको उनले बताएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहले अघिल्लो निर्वाचनमा पार्टीभित्रको असन्तुष्टिका कारण नतिजा गुमाउनु परेको स्वीकार गरे। उनले त्यसबेला पार्टी नेतृत्व र जनताबिच केही असमझदारी रहेको र काम कारबाहीमा प्रश्न उठ्दा स्वतन्त्र उम्मेदवारले बाजी मारेको विश्लेषण सुनाए।
तर, यसपटक कांग्रेसले आफ्ना कमी–कमजोरी सच्याएको र पार्टीका तल्लो तहका संरचनाहरू बलियो अवस्थामा रहेकाले पुरानो विरासत फर्किनेमा उनी विश्वस्त देखिए। उपमहानगरमा स्वतन्त्रले जिते पनि अधिकांश वडामा कांग्रेसकै नेतृत्व रहेकाले सांगठनिक मत नघटेको उनको तर्क छ।
पछिल्लो समय उदाएका नयाँ राजनीतिक दलहरूको प्रभाव सुदूरपश्चिममा खासै नदेखिएको शाहले टिप्पणी गरे। देशका अन्य भागमा नयाँ दलको वर्चस्व देखिए पनि सुदूरपश्चिममा उनीहरूको प्रभाव कमजोर रहेको र उम्मेदवार छनोटमा समेत दम नदेखिएको उनले बताए। उनले आफ्नो मुख्य प्रतिस्पर्धा एमाले वा माओवादीसँग नै हुने संकेत गरे।
शाहले पार्टी सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिलाई सही ढंगले बुझेका कारण टिकट वितरण सहज भएको खुलासा गरे। जेन्जी विद्रोह र युवाहरूको वितृष्णालाई सम्बोधन गर्न पार्टी नेतृत्व लचिलो बनेको उनको भनाइ छ।
देउवाले समयको माग बुझेर टिकट वितरणमा हस्तक्षेप नगरी युवालाई अघि सारेका कारण पार्टीभित्रको विद्रोह साम्य भएको उनले बताए। यदि पुरानै रवैया कायम राखेको भए जनताले पार्टीलाई लत्याउने खतरा रहेको बुझेरै नेतृत्व सच्चिएको उनको दाबी छ।
लामो समयदेखि संगठनमा काम गरेको र जनताको सुखदुःखमा साथै रहेकाले आफूलाई ‘टुरिस्ट’ उम्मेदवारका रूपमा नहेर्न उनले आग्रह गरे।
आफ्नो मुख्य एजेन्डा रोजगारी सिर्जना र विदेश पलायन रोक्नु रहेको बताउँदै उनले युवाहरूलाई सीपमूलक तालिम दिएर स्वदेशमै राख्ने योजना सुनाए। सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा आफू प्रतिबद्ध रहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण