बागलुङ–१ मा राप्रपाका ‘कान्छा उम्मेदवार’ कल्याणले दर्ता गरे उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १६ : २५
पोखरा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट कल्याण विक्रम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाको प्रचार–प्रसार विभाग संयोजकको जिम्मेवारी सम्हालिरहेका आचार्यले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । युवा तथा बौद्धिक व्यक्तित्वको छवि बनाएका आचार्य यस निर्वाचनमा राप्रपाका कान्छा उम्मेदवारका रूपमा चर्चामा छन् ।
राप्रपाले निर्वाचनमा युवा नेतृत्वलाई अघि सार्ने नीति अघि सारेको छ । सोही नीति अनुरूप पार्टीले आचार्यलाई बागलुङ–१ को चुनावी मैदानमा उतारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण